हेटौंडा–११ थानाभर्याङमा एक पुरुष मृत फेला, घटना शंकास्पद

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

मृतक थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ६ः१५ बजे अन्दाजी ३०–३५ वर्षीय पुरुष मृत अवस्थामा रहेको सूचना प्रहरी कन्ट्रोल कक्षमा प्राप्त भएको थियो। सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक उमाशंकर प्रसादको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनास्थल वरपर रगत देखिएपछि प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको छ। यस्तै, बिहान करिब ८ः३० बजे बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट ट्रयाकर कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।

घटनाको कारण भने खुल्न बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.