पश्चिमी वायुको प्रभाव: आज देशका विभिन्न भागमा बदली र वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भागमा मौसम बदली हुने सम्भावना रहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आकाश सामान्यतया बदली रहनेछ। बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान छ भने तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहनेछ।

सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यतया बदली रहनेछ। बाँकी भागमा भने आंशिक बदली रहने पूर्वानुमान छ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

यसैगरी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम हिमपात हुने सम्भावना छ। साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा असिनासहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले मौसमको यस परिवर्तनले दैनिक जनजीवन, स्वास्थ्य सेवा, पर्यटन तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.