हेटौँडामा ट्रान्सफर्मरमा काम गर्ने क्रममा एक युवकको करेन्ट लागेर मृत्यु

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ सानोगङ्टेमा बिहीबार दिउँसो करिब २ बजे विद्युत् करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

विद्युत् ट्रान्सफर्मरमा काम गर्ने क्रममा मनहरी गाउँपालिका–५ बसन्तपुरका २७ वर्षीय निरज (आदर्श) भट्टराई गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइयो, तर दिउँसो २:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय हटियाबाट करिब २ किलोमिटर पूर्वतर्फ पर्दछ।

प्रहरीले नागरिकहरुलाई सुरक्षित दूरीमा रहेर विद्युत् सम्बन्धी काम गर्दा अत्यधिक सावधानी अपनाउन चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.