म्याग्दीबाट उम्मेदवार पूर्वमन्त्री महावीर पुनलाई ‘त्रिभुज’ चुनाव चिह्न

म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले ‘त्रिभुज’ चुनाव चिह्न प्राप्त गरेका छन्।

शुक्रबार उनी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उपलब्ध गराइएका चुनाव चिह्नहरूमध्ये ‘त्रिभुज’ रोजेपछि उनलाई सोही चिह्न प्रदान गरिएको हो। निर्वाचन आयोगले प्रयोग गर्न नमिल्ने केही चिह्नहरू सूचीबद्ध गरेपछि बाँकी स्वीकृत चिह्नहरूमध्येबाट उम्मेदवारले आफ्नो रोजाइ गर्न पाउने व्यवस्था छ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ३८७ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। तीमध्ये १ हजार १८८ जना (३४.०६९ प्रतिशत) स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी २ हजार २९९ जना दलीय उम्मेदवार हुन्।

उम्मेदवारको अन्तिम नामावली ६ माघमा प्रकाशित भइसकेको छ। आज निर्वाचन आयोगको कार्यतालिका अनुसार स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न वितरण गरिएको हो भने दलीय उम्मेदवारले सम्बन्धित दलकै चुनाव चिह्न प्रयोग गर्ने व्यवस्था रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.