हेटौंडा सडक विस्तार विवाद सर्वोच्चको पूर्ण इजलासमा पेस हुने”

हेटौंडा सडक विस्तारसम्बन्धी विवादको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा पेस हुने भएको छ। न्यायाधीश सपना प्रधान मल्ल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो।

आजको सुनुवाइमा विपक्षीको तर्फबाट महान्यायाधिवक्त्ताको कार्यालय र हेटौंडा उपमहानगरपालिकाको तर्फबाट अधिवक्ता सुजन तिमल्सिनाले बहस गर्नुभएको थियो।

विन्दवासिनी कंसाकार, महारत्न बज्राचार्य लगायतले दायर गरेको मुद्दामा पटक–पटक हेर्न नभ्याइने र नमिल्ने विषय उठाउँदै सुनुवाइ स्थगित भइसकेको थियो। यसअघि न्यायाधीश विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले एकै प्रकृतिको अर्को मुद्दा पनि मुद्दामा समावेश गर्न आदेश दिएको थियो।

आजको सुनुवाइपछि विवादको दिशा तय हुने र सडक विस्तारको भविष्यबारे स्पष्टता आउने अपेक्षा गरिएको थियो। तर, मुद्दा पुनः पूर्ण इजलासमा पेस हुने निर्णय भएको छ।

यस मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, सडक डिभिजन कार्यालय हेटौंडा, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, जिल्ला प्रशासन कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिकालाई विपक्षी बनाइएको छ।

स्थानीयवासी र सरोकारवालाहरूले सडक विस्तार ढिलाइ हुँदा दैनिक आवतजावत, व्यापार–व्यवसाय र समग्र शहरी व्यवस्थापनमा समस्या भइरहेको गुनासो गर्दै आएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.