आज, फेब्रुअरी २०, सामाजिक न्याय विश्व दिवस विभिन्न देशहरूमा विविध कार्यक्रमहरू गरी मनाइँदै छ। प्रत्येक वर्ष यो दिवस अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को तत्वावधानमा मनाइन्छ।
सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्र सङ्घको महासभाले यस दिवसको प्रस्ताव पारित गरेपछि सन् २००९ देखि हरेक वर्ष फेब्रुअरी २० मा सामाजिक न्याय विश्व दिवस मनाउने निर्णय गरिएको हो।
सामाजिक न्याय, समान अवसर, श्रम अधिकार, र गरिमायुक्त कामको प्रवर्द्धन गर्न विश्व समुदायलाई एकजुट हुन आह्वान गर्नु यो दिवसको मुख्य उद्देश्य हो।
यो दिवस श्रमिक अधिकारहरूको संरक्षण र सामाजिक समावेशीताको सुनिश्चितता गर्नको लागि प्रमुख महत्व राख्दछ। विभिन्न देशहरूमा आजका दिन यसका विभिन्न कार्यक्रम र गतिविधिहरू आयोजना गरी विश्वभरका नागरिकलाई समानता र सामाजिक न्यायको महत्व सम्झाइएको छ।
प्रतिकृया दिनुहोस्























































