मकवानपुर– १ का उम्मेदवार सुरेन्द्र लामाद्वारा घोषणापत्र सार्वजनिक

मकवानपुर। मकवानपुर क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुरेन्द्र लामाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको घोषणापत्रमा क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

उम्मेदवार लामाले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने कार्यक्रम तथा सामाजिक सुरक्षा सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण र जनताको पहुँचमा सेवा पुर्‍याउने योजना पनि घोषणापत्रमा समेटिएको बताइएको छ।

लामाले आफू विजयी भए मकवानपुर क्षेत्र नं। १ लाई नमुना निर्वाचन क्षेत्र बनाउने लक्ष्यसहित काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। स्थानीय आवश्यकता र जनचाहनालाई ध्यानमा राखेर योजना तयार गरिएको उनले बताएका छन्।

आगामी निर्वाचनमा जनताको विश्वास जित्दै विकास निर्माणका कामलाई तीव्रता दिने विश्वास पनि उनले व्यक्त गरेका छन्।

–हेर्नुहोस् घोषणापत्र   

https://docs.google.com/document/d/1xeeSdcgi7rr1plB0Kl3ampK3hnmBTVKTa2MtZDKzrM0/edit?pli=1&tab=t.70wwwq1yba3f

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.