मतपेटिका संकलन पूरा, मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना आजबाट सुरु गरिने

हेटौंडामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना आजबाट सुरु गर्ने तयारी गरिएको छ।

बिहीबार सम्पन्न मतदानपछि जिल्लाभरका मतदान केन्द्रबाट मतपेटिकाहरू सुरक्षित रूपमा संकलन गरी मतगणना स्थलमा ल्याएर राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सर्वदलीय बैठक सम्पन्न भएपछि मात्रै मतगणना प्रक्रिया औपचारिक रूपमा सुरु गरिने बताइएको छ।

कार्यालयका अनुसार मकवानपुर क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–२ का सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी हेटौंडास्थित भुटनदेवि माध्यमिक विद्यालयमा सुरक्षित रूपमा राखिएको छ।

मतगणना सुरु गर्नुअघि सर्वदलीय बैठकमार्फत गणनाको प्रक्रिया, गणनास्थलको व्यवस्थापन तथा उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिसम्बन्धी विषयमा सहमति जुटाइनेछ। त्यसपछि आजैदेखि मतगणना सुरु गरिने तयारी गरिएको छ।

यसका लागि आवश्यक सुरक्षा व्यवस्थासमेत मिलाइएको छ। मतगणना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षाकर्मी परिचालन गरिएको छ। साथै, सीसीटिभी क्यामेरा जडान गरी तारजालीमार्फत गणना स्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.