मकवानपुर – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर ६ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चुनाव चिन्ह) ले अग्रता बनाएको छ।
हालसम्मको मतपरिणामअनुसार घण्टी चिन्ह ले ८२३ मत प्राप्त गरेको छ। यस्तै नेपाली कांग्रेस (रुख चिन्ह) ले ५६९ मत, तारा चिन्ह ले १५१ मत र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (सूर्य चिन्ह) ले ५११ मत प्राप्त गरेका छन्।
मनहरी–६ मा मतगणना कार्य अझै जारी रहेको छ र आगामी गणनासँगै नतिजाको अवस्था थप स्पष्ट हुँदै जाने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस्






















































