मकवानपुर–२ मा प्रशान्त उप्रेतीको अग्रता

मकवानपुर – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चिन्ह) का उम्मेदवार प्रशान्त उप्रेती अग्रस्थानमा रहेका छन्।

हालसम्म ८ हजार ७९५ मत गणना हुँदा उप्रेतीले ३ हजार ७५७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (सूर्य चिन्ह) का महेश बर्तौला ले १ हजार ५४७ मत प्राप्त गरेका छन्।

यस्तै नेपाली कांग्रेस (रुख चिन्ह) का बुद्ध लामा ले १ हजार ७२१ मत पाएका छन् भने तारा चिन्ह का उम्मेदवार लवशेर विष्ट ले ५९२ मत प्राप्त गरेका छन्।

मकवानपुर–२ मा मतगणना कार्य अझै जारी रहेको छ र आगामी गणनासँगै अन्तिम परिणाम स्पष्ट हुँदै जाने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.