सिन्धुली — प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नम्बर १ मा मतगणना रोचक बन्दै गएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।
हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धनेन्द्र कार्की अग्रस्थानमा छन्। उनले १५ हजार ३५५ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप कटुवालले १५ हजार २३० मत ल्याएका छन्, जसले गर्दा दुई उम्मेदवारबीच झिनो मतान्तर देखिएको छ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार उज्ज्वल बरालले १४ हजार ४५१ मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेदवार डेकेन्द्रप्रसाद सुवेदीले ४ हजार ५३२ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणामका लागि अझै केही समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिकृया दिनुहोस्























































