हेटौँडा–नारायणगढ सडकमा ट्रक र कन्टेनर ठोक्किँदा चालकको मृत्यु

हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ट्रक एकापसमा ठोक्किँदा कन्टेनर चालक गोविन्द चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टा निवासी चौधरी दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.