हेटौँडा–नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन हेटौंडा डिभिजन समितिको १२ औँ अधिवेशन आज शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको छ ।
रोयल पार्टी प्यालेस हेटौडामा भएको कार्यक्रम बागमती प्रदेश समितिका अध्यक्ष धर्मबहादुर पुनको सभाध्यक्षता र केन्द्रीय अध्यक्ष रामेश्वर प्रसाद पौडेल प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रिय वरिष्ठ उपाध्यक्ष भुमिनन्द अर्याल, केन्द्र बहादुर गुरुङ, महासचिव शिवराज भट्टराई, केन्द्रीय सचिव लोकेन्द्र कार्की, केन्द्रीय कार्यालय सचिव संगिता भण्डारी शर्मा लगायत केन्द्रीय सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।
यसैगरी कार्यक्रममा नेपाल विद्युत प्राधिकरण अन्तर्गतका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्र कुमार चौधरी, हेटौंडा वितरण केन्द्रका प्रमुख मिथिलेश कुमार गोहिवार, प्रदेश डिभिजन कार्यालय हेटौंडाका लेखा प्रमुख विष्णु राजथला, प्रशासन प्रमुख दीपक राज श्रेष्ठ, टाँडी वितरण केन्द्रका प्रमुख प्रितम राज विष्ट तथा केन्द्रीय वर्कशपका प्रमुख राजकुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
अधिवेशनबाट अध्यक्षमा भरत कुमार भण्डारी, उपाध्यक्ष हिरा बहादुर थापा, सचिव काजिमान गोले, सहसचिव अनिता पराजुली, कोषाध्यक्ष सविता वस्ती लगायत १५ सदस्यीय हेटौंडा डिभिजन समिति सर्वसम्मत रूपमा चयन गरिएको छ । साथै २४ सदस्यीय केन्द्रीय प्रतिनिधि पनि चयन गरिएकोे छ ।
हेटौंडा डिभिजन क्षेत्र अन्तर्गत पूर्वमा सिन्धुली वितरण केन्द्र, पश्चिममा चनौली, भरतपुर र टाँडी वितरण केन्द्र तथा भरतपुर सब–स्टेसन, उत्तरमा पालुङ वितरण केन्द्र र हेटौंडा क्षेत्रभित्र रहेका कुलेखानी प्रथम, दोस्रो र तेस्रो जलविद्युत केन्द्र, हेटौंडा ग्रीड महाशाखा, केन्द्रीय वर्कशप, केन्द्रीय भण्डार, हेटौंडा वितरण केन्द्र, प्रदेश डिभिजन कार्यालय हेटौंडा तथा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभीए र ढल्केवर–मोजफ्फरपुर–हेटौंडा ४०० केभीए प्रसारण लाइनका कर्मचारीहरू समितिमा आबद्ध छन् ।

















