मकवानपुरमा एसईई दिने विद्यार्थी संख्या घट्यो, ७,१९२ परीक्षार्थी सहभागी हुँदै

हेटौंडा । चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुर जिल्लाबाट यस वर्ष ७ हजार १९२ विद्यार्थी सहभागी हुने भएका छन्। अघिल्लो वर्षको तुलनामा परीक्षार्थी संख्या घटेको देखिएको छ।

गत वर्ष ७ हजार ४५६ विद्यार्थीले एसईई दिएका थिए भने यस वर्ष संख्या कम भएको शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरले जनाएको छ। इकाइ प्रमुख सुदीप गिरीका अनुसार विद्यालयहरूले योग्यता परीक्षामै कम विद्यार्थी सहभागी गराउँदा परीक्षार्थी संख्या घटेको हो।

यस वर्ष नियमिततर्फ ५ हजार ५२७ र ग्रेडवृद्धितर्फ १ हजार ६५ जना विद्यार्थी परीक्षा दिँदैछन्।

परीक्षा सञ्चालनका लागि जिल्लाभर २८ वटा केन्द्र तोकिएको छ, जुन १० वटै स्थानीय तहमा फैलिएका छन्। सम्बन्धित निकायका अनुसार परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन आवश्यक सबै तयारी पूरा भइसकेको छ।

परीक्षार्थी संख्या घटे पनि व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सरोकारवाला निकायहरू सक्रिय रूपमा काम गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.