“देशभर मौसममा आकस्मिक बदलाव: तीन दिन उच्च सतर्कता अपनाउन आग्रह”

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार चैत ६ गते शुक्रबारदेखि मौसममा उल्लेख्य बदलाव आउनेछ।

पूर्वी नेपालका विराटनगर, धरान, धनकुटा लगायत क्षेत्रमा शनिबार करिब ११९ किमी/घण्टासम्मको तीव्र हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ। यस्तै, दाङ, नेपालगन्जसहित तराईका जिल्लामा पनि शुक्रबारदेखि हावाहुरीको जोखिम बढ्ने चेतावनी दिइएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा शुक्रबारदेखि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ, जसले चिसो बढाउने र जनजीवन प्रभावित पार्न सक्छ।

प्राधिकरणले अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र आधिकारिक सूचना नियमित रूपमा पछ्याउन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.