हेटौंडा–११ मा त्रिभुवन माविद्वारा टोल परिचालन समिति गठन

हेटौंडा–११ स्थित नवलपुरमा रहेको त्रिभुवन माध्यमिक विद्यालयले समुदायसँगको समन्वय बलियो बनाउने उद्देश्यले टोल परिचालन समिति गठन गरेको छ। गोल्फिनटारमा आयोजित अभिभावक भेलामार्फत उक्त समिति चयन गरिएको हो।

समितिको अध्यक्षमा पूर्णकुमारी बस्नेत चयन हुँदा उपाध्यक्षको जिम्मेवारी कल्पना सापकोटाले पाएकी छन्। सदस्यहरूमा बबिता बानियाँ, सीता बानियाँ, विशाल तामाङ, बुद्धिमान पाख्रिन, कुमारी खत्री, बाटुली थापा, ममता पटेल र भुवादेवी सापकोटा रहेका छन्।

त्यसैगरी, रामेश्वर पोखरेल र देवीमाया पोखरेललाई सल्लाहकारका रूपमा चयन गरिएको विद्यालयले जनाएको छ।

समिति गठन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौला, सहायक प्रधानाध्यापकद्वय शर्मिला ढकाल र बैकुण्ठ नेपाल, साथै विद्यालय व्यवस्थापन समितिका सदस्य गोविन्दप्रसाद न्यौपानेलगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.