जेनजी आन्दोलनकारीमाथि प्रतिक्रान्तिकारी दमन नहोस् : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनका नेताहरूलाई नै दमन गर्ने कार्यभए त्यो प्रतिक्रान्तिकारी दमन हुने उनको बताएका छन । ‘अघिल्लो दिनको हत्याबाट केही प्रतिक्रियात्मक गतिविधि जनसमुदायबाट भएका रहेछन् भने त्यसलाई स्वाभाविक रुपमा लिनुपर्छ ।
जुनसुकै आन्दोलनमा यस्ता गतिविधि र घटना हुन्छन् नै’ उनले भनेका छन्,’ कारबाहीको नाममा आन्दोनलकारी माथि नै प्रतिक्रान्तिकारी दमन गरियो भने स्वीकार्य हुन सक्दैन ।’

जेनजी आन्दोलनका उपलब्धीहरुलाई हाइज्याक र धोका दिने सम्भावना भएकाले सचेत रहन समेत अपील गरेका हुन ।उनले सिंहदरबार लगायत सरकारी कार्यालयमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्नुपर्ने र दमन प्रतिक्रान्तिकारी हुने धारणा व्यक्त गरेका छन्।

श्रेष्ठले घोषित मितिमा चुनाव सम्पन्न गर्नका लागि अन्तरिम सरकारलाई सबैले सघाउनुपर्ने समेत बताएका छन् । राष्ट्रिय सार्वभौमिकता र लोकतन्त्रको रक्षाका लागि सचेत भएर अघि बढ्नुपर्छ । जेनजी आन्दोलनको मुद्दालाई सम्बोधन गर्नुपर्छ । यसका उद्देश्यलाई घात गर्ने काम नहोस् भन्नेमा सबै सचेत रहनुपर्छ,’ श्रेष्ठले बुधबार भिडियो वक्तव्य जारी गर्दै भनेका छन्,’अहिले घोषित मितिमा चुनाव गर्ने र सरकारलाई सफल बनाउनुपर्छ ।’

उनले जेनजी आन्दोलनको माग भ्रष्टाचार र सुशासन पनि भएकाले यसमा पनि ध्यान दिनुपर्ने बताएका छन् । उनले सिंहदरबार लगायतका सरकारी कार्यालय भवनहरूमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्नुपर्ने माग समेत गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.