निर्वाचनमा प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहन्छन् । कुन प्रदेशमा कति स्थानीय तह र प्रदेश जनप्रतिनिधि छन् त्यसआधारमा निर्वाचन आयोगले प्रदेशगत मतभार निर्धारण गरेको हो ।
प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुखको मतभार १९ रहेको छ ।
निर्वाचन आगामी माघ ११ गते हुँदैछ । त्यसका लागि मतभार तयार भएको हो ।
निर्वाचन आयोगले तयार पारेको विवरण अनुसार कोशी प्रदेशमा १० हजार १३५ मतभार छ । मधेश प्रदेशमा १० हजार ८३९, बागमती प्रदेशमा १० हजार ३५२, गण्डकी प्रदेशमा ६ हजार ४१० र लुम्बिनी प्रदेशमा ८ हजार ७५३ मतभार रहेको छ । कर्णाली प्रदेशमा ५ हजार १२२ र सुदुरपश्चिम प्रदेशमा ६ हजार १५३ मतभार रहेको छ ।
निर्वाचन आयोगले मतभारसँगै निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र पनि तोकेको छ ।
आयोगका अनुसार सातवटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहनेगरी स्थान तोकिएको छ । तोकिएका मतदानस्थलमा दुई/दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ । जसमा निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलले मतदान गर्ने व्यवस्था छ । मतदान केन्द्र ‘क’ प्रदेशसभाका सदस्यका लागि र मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि तोकिएको छ ।
जस अन्तरगत बागमति प्रदेशको लागि भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ मकवानपुर, तोकिएको छ ।























































