मकवानपुरमा हिट–एन्ड–रन: दुई युवाको ज्यान गयो, चालक फरार

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा बुधबार बिहान भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ना.४३ प २२१ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाले ज्यान गुमाएका हुन्।

मृत्यु हुनेहरूमा राक्सिराङ गाउँपालिका–१ निवासी २२ वर्षीय संजित स्याङ्तान र १८ वर्षीय अमोश थिङ रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई तत्काल हेटौँडास्थित चुरेहिल अस्पताल लगिएको थियो। उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनापछि ठक्कर दिने सवारी साधन र त्यसका चालक फरार रहेका छन्। प्रहरीले घटनास्थल वरपरका सीसीटीभी फुटेज संकलन गर्नुका साथै प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेको छ। फरार चालकको खोजी तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.