वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा पाँच प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको हो।
इलाममा मेची राजमार्ग, सिन्धुली र काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, बागलुङमा कालीगण्डकी करिडोर तथा दार्चुलामा महाकाली राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध भएका छन्।
लगातार वर्षा भइरहेकाले थप बाढीपहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ। प्रहरीले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रतिकृया दिनुहोस्
























