काठमाडौं । भ्रष्टाचारविरुद्ध जेनजी युवाले गरेको आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा सरकारले आज देशभर शोक बिदा दिएको छ । आन्दोलनको क्रममा गत भदौ २३ र २४मा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो ।
उनीहरुको सम्मानमा मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । आन्दोलनपछि यही भदौ ३० गतेको अन्तरिम सरकार गठन भएको थियो ।
आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने सरकारले घोषण गरेको छ । आज राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
प्रतिकृया दिनुहोस्






















































