मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका-९, कुवापानीमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ।

शुक्रबार अपराह्न करिब ४:३० बजे स्थानीय ४५ वर्षीय ईश्वर थिङ घरबाट करिब ५०० मिटर उत्तरतर्फ रहेको कुवापानी-मतियार भित्री सडकखण्डको नयाँ खोलिएको सडकबाट करिब ६० मिटर तलको भिरमा लडेर रुखको जरामा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट नामटारबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा थिङको घटनास्थलमै मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक कृष्ण दासको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.