मकवानपुर। डाक्टर महाबिर पुनले नवप्रवर्तन, अनुसन्धान तथा बिकासमा लगानी नभए नेताहरु र कार्यकर्ताहरुमा भ्रष्टाचार गरेर पैसा कुम्ल्याउने संस्कार बन्ने बताएका छन । उनले बि.स. २००७ साल देखि अहिले २०८२ साल सम्म ७५ बर्षको समयमा सबै प्रधानमन्त्रीहरुले एकदमै बेवास्ता गरेको क्षेत्र भनेको विज्ञान प्रविधि, व्यावहारिक अनुसन्धान, नवप्रवर्तन, अनुसन्धान तथा बिकास समेत रहेको बताए।
उनले भने अबको दिनमा आउने प्रधानमन्त्रीहरुले पनि यो क्षेत्रलाई बेवास्ता गरे भने देशको अर्थतन्त्र बन्दैन र अशान्ति फैलिन्छ । अनि नेताहरु र कार्यकर्ताहरुमा भ्रष्टाचार गरेर पैसा कुम्ल्याउने संस्कार मौलाउँदै जान्छ।
उनले केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलाई र उनीहरुका पुच्छरहरुलाई यहि कुरा बारम्बार भनेको समेत बताए । आफ्नो आत्मकथामा किताबमा पनि लेखेको र पढ्न समेत बताएका छन ।
प्रतिकृया दिनुहोस्




































