नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौँ : महासचिव पोखरेल

मकवानपुर। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्न सुझब दिएका छन । आज सामाजिक सञ्जालमार्फत उनले भने हामीले मनन गर्नुपर्ने कुरा भन्दै नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौँ, त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको विरोध गर्न सुझब दिएका हुन ।

पोखरेलले नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाउने र जनतासँगको सम्बन्धलाई जिवन्त र घनिष्ठ बनाउन समेत एमाले कार्यकर्तालाइ सुझ दिएका छन ।

हामीले जनपक्षीय जीवनशैली र आचरणमा जोड दिनुपर्ने, आन्तरिक एकतामा जोड , पार्टी पंक्तिको मनोबल उच्च बनाउने, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बन्ने र बनाउनुपन समेत बताए ।

उनले थपे लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔँ, जबजको जगमा उभिएको हाम्रो पार्टी र आन्दोलनले वर्तमानका सबै चुनौतीलाई सम्बोधन र समाधान गर्न सफल हुने समेत विश्वास गरेका छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.