मकवानपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुर सभापति भरत पराजुली सहित नेताहरू काङ्ग्रेस प्रवेश गरेका छन।
पराजुली सहित मकवानपुर २ का संघीय सभापति एवम् २ नम्बर निर्वाचन परिचालन संयोजक निराजन बर्तौला, युवा नेता राममणी न्यौपानेसहितका नेताहरु सर्लाही पुगेर कांग्रेस प्रवेश गतेका छन्। आज नै रास्वपाका सभापति रवि लामिछानेसहितको नेताहरु चुनावी अभियानको क्रममा हेटौंडा आउने तालिका छ्।
यी सबै नेताहरू कांग्रेसबाटै रास्वपा गएका थिए । जिल्ला सभापति पराजुली फाल्गुन २१ मा हुने निर्वाचनमा टिकट नपाएपछि असन्तुष्ट थिए। २०७९ मा पराजुली नै मकवानपुर-२ मा टिकट पाएर पराजित भएका थिए।
प्रतिकृया दिनुहोस्






















































