मकवानपुरमा प्रतिनिधि निर्वाचनका लागि मतदान अधिकृत तालिम सुरु

मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै ७५२ मतदान अधिकृत र सहायक अधिकृतका लागि हेटौँडास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा तीन दिने तालिम सुरु गरिएको छ।

तालिममा मतदानको दिनका सम्पूर्ण प्रक्रिया र प्रयोगात्मक अभ्यास गराइनेछ। फागुन १८ गतेसम्म जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्नुपर्ने व्यवस्था गरिएको छ। प्रशासनले निर्वाचनको शान्तिपूर्ण र व्यवस्थित सञ्चालन सुनिश्चित गर्न ४ जना अनुगमन अधिकृत पनि नियुक्त गरेको छ।

जिल्लामा ३७४ मतदान केन्द्र छन्, जहाँ स्वयंसेवकसहित ३,३६६ कर्मचारी परिचालन हुनेछन्। मतपेटिका र अन्य सामग्री केही अन्य जिल्लाबाट ल्याउने व्यवस्था गरिएको छ। निर्वाचन स्थलको संवेदनशीलता अनुसार प्रहरी परिचालन गरिनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.