मकवानपुरमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना : दुई युवाको मृत्यु

हेटौंडामकवानपुर जिल्लामा भएका दुई फरक सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

पहिलो दुर्घटना हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडस्थित बाईपास सडकखण्डमा भएको हो। बसपार्कबाट पशुपतिनगरतर्फ जाँदै गरेको बा प्र ०३–००६ प २७१२ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ६०५३ नम्बरको हात्तीगाडीले ठक्कर दिएको थियो। ठक्करपछि फरार भएको हात्तीगाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक हेटौंडा–५ शान्तिनगरका १८ वर्षीय क्षितिज रायमाझीलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। स्कुटरमा पछाडि सवार १९ वर्षीय संगम झा हातखुट्टामा चोट लागी मध्यम अवस्थामा रहेका छन् र उनको उपचार मकवानपुर अस्पतालमा भइरहेको छ। हात्तीगाडी चालक बारा अमलेखगञ्जका करिब २० वर्षीय शेरचन बलाइ प्रहरी नियन्त्रणमा रहेका छन्।

यसैबीच, हेटौंडा–८ कर्रा पुल नजिक पूर्व–पश्चिम सडकखण्डमा भएको अर्को दुर्घटनामा घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। रौतहटबाट काठमाडौं जाँदै गरेको बा प्र ०३–००१ च १५६५ नम्बरको पिकअप गाडीको ठक्करबाट इलाका प्रहरी कार्यालय पशुपतिनगरमा कार्यरत २४ वर्षीय पवन साह घाइते भएका थिए। उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

दुवै दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.