तराई–मधेशमा आज फागु पुर्णिमा मनाइँदै

रङ, उमङ्ग र आपसी सद्भावको पर्व होली आज तराई–मधेशका जिल्लामा उल्लासका साथ मनाइँदैछ। हिमाली तथा पहाडी भेगमा हिजो नै फागु मनाइएपछि आज तराई क्षेत्रमा पर्वको मुख्य दिन परेको हो।

झापा जिल्लादेखि कञ्चनपुर जिल्लासम्मका तराई जिल्लामा बिहानैदेखि रङ खेल्ने, आफन्त भेटघाट गर्ने र शुभकामना आदान–प्रदान गर्ने क्रम चलिरहेको छ। बजार क्षेत्रमा रङ, अबिर र पिचकारीको व्यापार बढेको छ भने युवायुवती र बालबालिका समूह बनाएर होली मनाइरहेका छन्।

तराईमा होलीको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ। यस दिन परिवार र साथीभाइसँग रमाइलो गर्दै आपसी सम्बन्ध सुदृढ गर्ने परम्परा रहेको छ।

यसैबीच, सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षित र मर्यादित रूपमा होली मनाउन आग्रह गरेका छन्। कसैको इच्छाविपरीत रङ नदल्न, लोला प्रहार नगर्न, छाला र आँखामा असर गर्ने रासायनिक रङ प्रयोग नगर्न, मादक पदार्थ सेवन नगर्न तथा ट्राफिक नियमको पालना गर्न अनुरोध गरिएको छ।

उत्सवको उमङ्गसँगै शान्ति, सुरक्षा र सभ्यतामा ध्यान दिन सरोकारवाला निकायले सबैसँग अपिल गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.