मध्यरातमा भीमफेदी कारागारबाट २६० कैदीबन्दी भागे

मकवानपुर। मकवानपुरको भीमफेदी कारागारबाट २६० जना कैदीबन्दी भागेका छन् ।

कैदीबन्दीले कारागारको पश्चिम पर्खाल भत्काएर २६० जना भागेको कारागार प्रमुख सुवास पौडेलले जानकारी दिएका छन । करिब २३० जनालाई नियन्त्रणमा लिएर फर्काइएको उनले बताएका छन ।

५ सय भन्दा बढी कैदीबन्दी रहेकोमा मध्यरातमा १२ः५५ बजे कारागारको ‘क’ ब्लकमा रहेका केदीबन्दीहरूले तीन वटा गेट फुटाएर बाहिर निस्किन खोजेका थिए । झडपका क्रममा दुई जना कैदीबन्दी घाइते भएका छन् । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको पौडेलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.