ठूलो परिमाणको चरेससहित मकवानपुरमा दुई जना प्रहरीको नियन्त्रणमा

मकवानपुर प्रहरीले थाहा नगरपालिका–१० टौखेल क्षेत्रबाट १२१ किलो चरेससहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा पर्नेमा थाहा नगरपालिका–४ रुप्से बस्ने २९ वर्षीय अटो चालक घनश्याम बल तामाङ र कैलाश गाउँपालिका–५ बस्ने २१ वर्षीय सानुकान्छा थिङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार साँझ करिब ४ः५० बजे टौखेलबाट मार्खुतर्फ जाँदै गरेको बा.प्र.०३००१ ह १५०७ नम्बरको अटो जाँच गर्ने क्रममा अटोभित्र लुकाइछिपाइ राखिएका १२ वटा रबरका डिब्बाबाट उक्त परिमाणको चरेस बरामद गरिएको हो।

उनीहरूलाई अदालतमा पेश गरिएकोमा जिल्ला अदालत मकवानपुरले थप अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न अनुमति दिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.