बागमती गाउँपालिकामा अटो सडकबाट खस्दा चालकको ज्यान गयो

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–६ साईटारमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बेतिनीबाट फापरबारीतर्फ आउँदै गरेको ना २ ह २१२३ नम्बरको अटो भित्री सडकखण्डको ओरालोमा अनियन्त्रित भई सडकबाट तल खसेको थियो। दुर्घटनामा बागमती गाउँपालिका–७ लामिटारका ३६ वर्षीय चालक दीपक वाइबाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाका बेला अटोमा चालक वाइबा मात्र सवार थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.