मकवानपुरको मनहरी गाउँपालिका–७ मा प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूबाट करिब ५ किलो १०६ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले सोमबार भारत बेतिया बस्ने ३६ वर्षीया रिना देवी र अर्को व्यक्तिलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान जारी रहेको छ।
प्रतिकृया दिनुहोस्























































