रास्वपा बागमती अधिवेशनको निर्वाचन प्रक्रिया रोकियो, नयाँ मिति पछि घोषणा हुने

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रिया स्थगित गरिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएका केही प्राविधिक त्रुटि सच्याउन तथा मतदाता नामावलीको अन्तिम प्रमाणीकरण गर्नुपर्ने भएकाले निर्वाचन प्रक्रिया तत्कालका लागि रोकिएको हो।

आयोगले झण्डै ४०० जनाको समायोजन सूचीमा परेका उजुरी तथा विवादहरूको समाधान गर्नुपर्ने अवस्था रहेको जनाएको छ। साथै प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गरी मतदान प्रक्रियालाई थप व्यवस्थित र सहज बनाउन पनि निर्वाचन कार्यतालिका स्थगित गरिएको बताइएको छ।

केन्द्रीय निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा मतदानको नयाँ मिति र अन्य आवश्यक विवरण मतदान सुरु हुनुभन्दा कम्तीमा २४ घण्टाअघि आधिकारिक सूचनामार्फत सार्वजनिक गरिने उल्लेख गरिएको छ।

रास्वपा बागमती प्रदेश सभापति पदका लागि निवर्तमान सभापति अचुतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्यबीच प्रतिस्पर्धा हुने तय भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.