हेटौँडा । नेपालमा सुनचाँदीको भाउ निरन्तर बढ्दै आज फेरि नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १,७०० रुपैयाँले वृद्धि भई २ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ।
हिजो सुनको मूल्य तोलामा २ लाख ३ हजार ६ सय रुपैयाँ थियो भने गएको शुक्रबार २ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आज चाँदी तोलामा ४५ रुपैयाँ बढेर २ हजार ४७० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य तोलामा २ हजार ४२५ रुपैयाँ थियो भने गत शुक्रबार २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस्



































