स्थानीय बजारमा सुनको मूल्यले नयाँ उचाइ छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १० हजार ४ सय रुपैयाँले बढ्दै दुई लाख ९५ हजार १ सय रुपैयाँमा पुगेको हो। अघिल्लो दिन अर्थात् मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यससँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ४० रुपैयाँले उक्लिँदै पाँच हजार ९ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस्















