निर्वाचनलाई लक्षित गर्दै मकवानपुर प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन सबैलाई आग्रह गरेको छ।

कार्यालयले सूचना जारी गर्दै व्यक्तिगत सुरक्षाका लागि स्थानीय प्रशासनको अनुमति लिएर राखिएका हातहतियार १५ दिनभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको हस्ताक्षरसहित जारी सूचनामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न गराउन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै हतियार बुझाउनुपर्ने उल्लेख गरिएको छ।

प्रशासनका अनुसार बुझाइएका हातहतियार आगामी चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिनेछ। तोकिएको समयमा हतियार नबुझाउने वा अटेर गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.