आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ। निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने समस्या तत्काल समाधान गर्ने उद्देश्यले आयोग परिसरमै उक्त केन्द्र स्थापना गरिएको हो।
आइतबार स्थापना गरिएको केन्द्रको शुभारम्भ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका छन्। केन्द्रमार्फत निर्वाचनसँग सम्बन्धित सबै प्रकारका गुनासा र समस्याको तत्काल समाधान गरिने आयोगले जनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार कुनै निर्वाचन क्षेत्रमा समस्या देखिएमा केन्द्रले तुरुन्तै हस्तक्षेप गर्नेछ। मतदान केन्द्रमै समाधान हुन नसक्ने समस्या पनि यही केन्द्रबाट समाधान गरिने व्यवस्था गरिएको छ।
प्रतिकृया दिनुहोस्






















































