मकवानपुर—धादिङको थाक्रे गाउँपालिका–३ स्थित अमर्खु खोल्सीमा एक पुरुषको शव फेला परेको छ। मृतक मकवानपुरको थाहा नगरपालिका–८ निवासी ४५ वर्षीय प्रेमबहादुर घलान भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले पुष्टि गरेको छ।
परिवारका अनुसार प्रेमबहादुर गत मंगलबार “काठमाडौं जान्छु” भन्दै घरबाट निस्किएका थिए। उनी मानसिक रूपमा अस्वस्थ रहेको पनि पारिवारिक स्रोतले जनाएको छ।
आइतबार साँझ करिब ६ बजेतिर आग्रा खोलाबाट करिब एक सय मिटर पश्चिमतर्फको खुला स्थानमा उनको शव फेला परेको हो। आवश्यक मुचुल्का प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जनाएको छ।
घटनाको कारणबारे स्पष्ट खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
प्रतिकृया दिनुहोस्






















































