मकवानपुर, हेटौँडा — मकवानपुर प्रहरी कार्यालय अन्तर्गतको प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले हेटौँडा उपमहानगरपालिका–१२ बस्ने ३० वर्षीय संजय मिजारलाई लागूऔषध खैरो हेरोइन सहित पक्राउ गरेको छ। प्रहरीले उनको घरमा गई तलासी गर्दा ३ सय ५० मिलिग्राम खैरो हेरोइन बरामद भएको जनाइएको छ।
प्रहरीका अनुसार यहि शुक्रबार दिउँसो उनी पक्राउ परेका हुन् नियन्त्रणमा लिइएका मिजारको घरबाट उक्त परिमाणको अवैध लागूऔषध फेला परेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ र थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेको छ।
प्रतिकृया दिनुहोस्


































