मापदण्ड उल्लंघन गर्ने हेटौंडाका ४ मासु पसललाई ६ लाख जरिवाना

हेटौँडा । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मासु व्यवसायमा मापदण्ड पालना नगर्ने हेटौंडाका चारवटा पसल कारबाहीमा परेका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड उल्लंघन गर्ने पसलहरूलाई कुल ६ लाख रुपैयाँ जरिवाना गरिएको हो।

हेटौंडा उपमहानगरपालिका–१ र २ नम्बर वडाका विभिन्न मासु पसलमा गरिएको अनुगमनका क्रममा हेटौंडा–२, चौकीटोल ओरालोस्थित न्यौपाने मिट सपओम् फ्रेस मिट सपलाई जनही २ लाख रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

यस्तै क्वालिटी मिट सपसलाम मिट सपलाई जनही १ लाख रुपैयाँ जरिवाना गरिएको छ। विक्की मिट सपप्रतीक मिट सपलाई भने सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिँदै आवश्यक सुधार गर्न चेतावनी दिइएको छ।

अनुगमनका क्रममा केही पसलले समयमै करचुक्ता नगरेको, सरसफाइको अवस्था अत्यन्त कमजोर रहेको तथा मासु फ्रिजिङ गर्ने प्रक्रिया समेत व्यवस्थित नभएको पाइएको प्रशासनले जनाएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने यस्ता लापरबाहीप्रति प्रशासनले कडाइ गरेको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीको नेतृत्वमा गरिएको अनुगमनमा हेटौंडा उपमहानगरपालिका, उद्योग वाणिज्य तथा पर्यटन कार्यालय, मकवानपुर उद्योग वाणिज्य संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र आन्तरिक राजस्व कार्यालय हेटौंडालगायतका निकायका प्रतिनिधि सहभागी थिए।

प्रशासनले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने व्यवसायमा स्वच्छता, गुणस्तर र कानुनी मापदण्डको पूर्ण पालना गर्न व्यवसायीलाई आग्रह गरेको छ। पछिल्लो समय मकवानपुर प्रशासनले बजार अनुगमनलाई तीव्र बनाउँदै लापरबाही गर्ने व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.