मकवानपुरको मनहरी गाउँपालिका–७ मा मापदण्डविपरीत सञ्चालन हुँदै आएको ह्यान्बिट नानो थेरापी सेन्टरमाथि प्रशासनले कारबाही गरेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरसहितको संयुक्त अनुगमन टोलीले शुक्रबार गरेको अनुगमनका क्रममा कानुनी प्रक्रिया तथा आवश्यक मापदण्ड पूरा नगरी थेरापी सेवा सञ्चालन भइरहेको भेटिएपछि सेन्टरलाई सिल गरिएको हो।
अनुगमन टोलीले सेन्टरमा सेवा सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा नगरेको तथा तोकिएका मापदण्ड पालना नगरेको पाइएपछि ३ लाख रुपैयाँ जरिवाना समेत गरेको जनाएको छ।
प्रशासनसहितको टोलीले जिल्लामा सञ्चालन भइरहेका स्वास्थ्य तथा उपचारसम्बन्धी सेवा प्रदायक संस्थाहरूको अनुगमनलाई तीव्रता दिएको जनाएको छ।
प्रतिकृया दिनुहोस्
























