मकवानपुरमा रौतहट कारागारबाट फरार कैदी पक्राउ

हेटौंडा । जेन्जी आन्दोलनका क्रममा रौतहट कारागारबाट फरार भएका एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

वडा प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट खटिएको प्रहरी टोलीले रौतहटको मौलापुर नगरपालिका–७ का ३४ वर्षीय शैलेन्द्र कुमार साहलाई हेटौंडा बजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

मुद्रा सम्बन्धी कसुर तथा संगठित अपराधसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका साह आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। उनी हेटौंडा बजार क्षेत्रमा लुकीछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खोजतलास थालेको थियो।

खोजी गर्ने क्रममा साहलाई हेटौंडा उपमहानगरपालिका–४ स्थित कर्रा चोकको सडकमा पैदल हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

नियन्त्रणमा लिएपछि सोधपुछ गर्दा उनको परिचय तथा विवरण पुष्टि भएको प्रहरीले जनाएको छ। पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.