हेटौँडा — बागमती प्रदेश सरकारले प्रादेशिक राजधानी हेटौँडालाई ‘बृहत्तर हेटौँडा’ अवधारणाअनुसार विकास गर्ने योजना अघि बढाएको छ। आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत साइकलमैत्री राजधानी, पैदलयात्री सडक, नदी करिडोर विकास तथा प्रादेशिक सांस्कृतिक ग्राम निर्माणका लागि बजेट विनियोजन गरिएको हो।
आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार राजधानीलाई व्यवस्थित, आधुनिक र पर्यावरणमैत्री बनाउने लक्ष्यसहित यी योजनाहरू अघि सारिएका छन्।
बजेटमा हेटौँडा चक्रपथ, गौरीटार रङ्गशाला, आरोग्य केन्द्र तथा एकीकृत प्रदेश प्रशासकीय भवनलाई प्रदेश गौरवका आयोजनाका रूपमा निरन्तर अघि बढाइने उल्लेख गरिएको छ।
प्रतिकृया दिनुहोस्
























