हेटौँडा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मकवानपुरले अटिजम सेन्टर मकवानपुरलाई शैक्षिक सामग्री सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इक्यानले करिब २५ हजार रुपैयाँ बराबरका स्टेशनरी तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
इक्यान मकवानपुरका अध्यक्ष बेलप्रसाद खतिवडाका अनुसार सेन्टरलाई ह्वाइट बोर्ड, वाल फ्यान, चार्ट पेपर, कम्प्युटर पेपरलगायत सामग्री उपलब्ध गराइएको हो । उक्त सामग्री अटिजम सेन्टरकी संस्थापक अस्मिता कालिकालाई हस्तान्तरण गरिएको थियो ।
सहयोग वितरण कार्यक्रममा इक्यानका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, सचिव मनिष अधिकारी तथा कोषाध्यक्ष किशोर अर्यालको समेत सहभागिता रहेको थियो ।
अटिजम सेन्टर मकवानपुरले अटिजम भएका बालबालिकालाई दिवाकालीन हेरचाह, थेरापी तथा विकासात्मक सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहोस्















