हेटौँडा । हेटौँडा–४ स्थित ड्रीम्स म्युजिक स्कुलको आयोजनामा सञ्चालन भइरहेको ‘डान्स मेरो मनको जुनियर २०८३’ को फाइनल साउन १० गते हुने भएको छ ।
फाइनलमा २१ जना प्रतिस्पर्धीले आफ्नो नृत्य प्रतिभा प्रस्तुत गर्ने स्कुल सञ्चालक अनन्त खुलालले जानकारी दिए । हेटौँडा–४ स्थित ओम्याक्स हलमा आयोजना हुने फाइनल कार्यक्रमका लागि करिब १० लाख रुपैयाँसम्म खर्च हुने जनाइएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ । द्वितीय र तृतीय हुने प्रतिस्पर्धीलाई पनि आकर्षक नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
फाइनल कार्यक्रमबारे जानकारी दिन ड्रीम्स म्युजिक स्कुलमा आयोजित पत्रकार सम्मेलनमा स्कुल सञ्चालक अनन्त खुलालले प्रतियोगिताका विषयमा जानकारी दिएका थिए ।
खुलालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वरिष्ठ पत्रकार रामकुमार एलन, सञ्चारकर्मी जी. न्यौपाने, रुपक कालिराज तथा ‘डान्स मेरो मनको’की निर्णायक सन्ध्या आचार्यलगायतको आतिथ्यता रहेको थियो ।
























