कृषि विकास बैंकद्वारा आमाघरलाई २ लाख २० हजार बराबरको खानेपानी फिल्टर हस्तान्तरण

हेटौँडा । कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकास्थित आमाघर आश्रमलाई खानेपानी शुद्धीकरण गर्ने फिल्टर सहयोग गरेको छ ।

बैंकको बागमती प्रदेश निर्देशनालयमार्फत आश्रमलाई २ लाख २० हजार रुपैयाँ मूल्य बराबरको पानी प्रशोधन फिल्टर प्रदान गरिएको हो ।

गत शुक्रबार आयोजित कार्यक्रममा कृषि विकास बैंकको बजार प्रवर्द्धन विभागकी प्रमुख बिना शर्मा तथा बागमती प्रदेश निर्देशनालयका निर्देशक रामप्रसाद गजुरेलले संयुक्त रूपमा फिल्टर हस्तान्तरण गर्नुभएको थियो ।

निर्देशक गजुरेलका अनुसार आश्रममा बसोबास गर्ने ज्येष्ठ नागरिक तथा आश्रित व्यक्तिहरूलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.