काठमाडौं। दक्षिण कोरियाको एआई आधारित बहुभाषिक सञ्चार प्लेटफर्म दागाचीले नेपाल–दक्षिण कोरिया सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। बिहीबार काठमाडौंमा आयोजित “मिट एण्ड ग्रिट” कार्यक्रममा कम्पनीका उपाध्यक्ष किम साङ ह्युनले श्रम, शिक्षा, संस्कृति, पर्यटन तथा डिजिटल सहकार्यका क्षेत्रमा दागाची प्रभावकारी माध्यम बन्ने बताउनुभयो।
दक्षिण कोरियाको बुसानमा मुख्य कार्यालय रहेको दागाची एक एआई आधारित ग्लोबल कम्युनिकेसन प्लेटफर्म हो। यसले भाषा शिक्षा, स्वास्थ्य, पर्यटन, कानुनी तथा प्रशासनिक सेवामा बहुभाषिक सूचना आदान–प्रदान र नेटवर्क विस्तारको काम गर्दै आएको जनाएको छ। कार्यक्रममा नेपालका विभिन्न संघ–संस्था, व्यवसायी, शैक्षिक प्रतिनिधि तथा कोरियन समुदायका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै उपाध्यक्ष किम साङ–ह्योनले दागाची केवल डिजिटल एप मात्र नभई भाषा र संस्कृतिको अवरोध हटाउने विश्वव्यापी प्लेटफर्म भएको उल्लेख गर्नुभयो। उहाँले दक्षिण कोरियामा रहेका नेपाली तथा नेपालमा रहेका कोरियाली नागरिकबीच सहज सञ्चार, सूचना आदान–प्रदान र सुरक्षित जीवनयापनका लागि दागाची उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले नेपाललाई “फेरि आउन मन लाग्ने देश” का रूपमा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन दागाची नेपाल केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। आगामी दिनमा स्वास्थ्य, वित्त, शिक्षा, पर्यटन, श्रमिक तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विशेष डिजिटल सेवा विस्तार गरिने जानकारी पनि उहाँले दिनुभयो। नेपाल र दक्षिण कोरियाबीच सहकार्यमार्फत उज्ज्वल भविष्य निर्माण गर्ने यो नयाँ सुरुवात भएको उहाँको भनाइ थियो।
कार्यक्रममा नेपालका लागि दागाची प्रतिनिधि माधव सापकोटाले विस्तृत प्रस्तुतीकरण गर्दै नेपाली व्यवसायलाई “लोकलबाट ग्लोबल” बनाउने अभियानमा दागाची महत्वपूर्ण पुल बन्ने बताउनुभयो। उहाँले के–पप, के–ड्रामा, के–ब्युटी र के–फुडपछि अब “के–कम” का रूपमा दागाची विश्व बजारमा अघि बढिरहेको उल्लेख गर्नुभयो। यसले नेपालको पर्यटन, शिक्षा, मानवस्रोत तथा व्यवसाय क्षेत्रलाई अन्तर्राष्ट्रिय पहुँच दिलाउने उहाँको दाबी थियो।
सापकोटाले आफूले सन् २०१३ देखि २०१८ सम्म दक्षिण कोरियामा बसेर अनुभव हासिल गरेको तथा २०१९ देखि नेपालमा कोरियन व्यवसायसँग आबद्ध रहँदै आएको जानकारी दिनुभयो। उहाँका अनुसार नेपालमा विश्वासिलो एआई आधारित डिजिटल इकोसिस्टम निर्माण गर्नु दागाचीको मुख्य उद्देश्य हो।
उहाँले दागाचीको मुख्य उद्देश्य “भाषाको अवरोधबिना सही समयमा सही सेवा र अवसर उपलब्ध गराउने” रहेको बताउँदै सन् २०२७ सम्म नेपालमा १ लाख सक्रिय प्रयोगकर्ता र १०० भन्दा बढी संस्थासँग सहकार्य गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।
कार्यक्रममा सहभागीहरूले दागाचीको विश्वसनीयता, नेपाली व्यवसायीले पाउने अवसर, भाषा समस्या समाधान, रोजगार समन्वय, पर्यटन प्रवर्द्धन तथा कोरियन विश्वविद्यालयसँगको सहकार्यबारे विभिन्न प्रश्न उठाएका थिए। त्यसको जवाफमा सापकोटाले दागाचीमा “भेरिफाइड प्रोफाइल” प्रणाली रहेको र यसले व्यवसाय तथा सेवाप्रति विश्वास बढाउने बताउनुभयो।
उहाँले नेपाली पर्यटन व्यवसाय, ट्रेकिङ, होमस्टे तथा स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन प्लेटफर्म प्रभावकारी हुने उल्लेख गर्नुभयो। साथै, कोरियन पर्यटकका लागि दोहोरो भाषामा बुकिङ प्रणाली सहज बनाइने जानकारी पनि दिनुभयो।
मानवस्रोत क्षेत्रबारे उठेको प्रश्नमा सापकोटाले विदेशी कम्पनी र नेपाली म्यानपावर कम्पनीबीच कर्मचारी माग–आपूर्तिको डिजिटल समन्वय गरिने बताउनुभयो। शिक्षा क्षेत्रतर्फ कोरियन विश्वविद्यालय, छात्रवृत्ति तथा विभिन्न कोर्ससम्बन्धी जानकारी सिधै प्लेटफर्ममार्फत उपलब्ध गराइने उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाल कोरियाली संघ र वर्ल्ड दागाचीबीच सहकार्यसम्बन्धी समझदारीपत्र ९एमओयू० भएको जानकारी पनि दिइएको थियो। साथै नेपाल उद्योग–वाणिज्य क्षेत्रसँग समेत दागाचीले सहकार्य विस्तार गर्ने तयारी गरेको जनाइएको छ।
कार्यक्रममा नेपालस्थित कोरियन चेम्बर अफ कमर्स, ईपीएस सम्बन्धित प्रतिनिधि, व्यवसायी, सामाजिक अभियन्ता तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अन्त्यमा सापकोटाले सबैलाई दागाची एप डाउनलोड गरी साइनअप गर्न, आफ्नो व्यवसाय प्रोफाइल दर्ता गर्न तथा नेपाल–कोरिया डिजिटल नेटवर्क विस्तार अभियानमा सहभागी हुन आग्रह गर्नुभयो। उहाँले दागाचीले भविष्यमा नेपाल र दक्षिण कोरियाबीच सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।
कोरियन चेम्बर अफ कमर्स इन नेपाल र वल्र्ड दागाची बीच नेपाल–दक्षिण कोरिया व्यापार, पर्यटन, शिक्षा तथा डिजिटल सहकार्य विस्तार गर्ने उद्देश्यसहित समझदारीपत्र ९ःइग्० मा हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित भेटगाट तथा अनुभव आदानप्रदान कार्यक्रममा कोरियन चेम्बर अफ कमर्स इन नेपालका अध्यक्ष इओम जिन योङ र वल्र्ड दागाचीका भाइस प्रेसिडेन्ट किम साङ ह्युन बीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीअनुसार नेपाल र दक्षिण कोरियाबीच व्यवसायिक नेटवर्क विस्तार, डिजिटल सूचना आदान–प्रदान, पर्यटन प्रवद्र्धन, शिक्षा, मानवस्रोत तथा भाषा सेवाका क्षेत्रमा संयुक्त सहकार्य गरिने जनाइएको छ । दक्षिण कोरियाको बुसानस्थित मुख्य कार्यालय रहेको वल्र्ड दागाची आधारित बहुभाषिक सञ्चार प्लेटफर्म हो। यसले विभिन्न देशका नागरिक, व्यवसायी तथा संस्थाहरूलाई डिजिटल माध्यममार्फत जोड्ने काम गर्दै आएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै वल्र्ड दागाचीका भाइस प्रेसिडेन्ट किम साङ ह्युन ले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन डिजिटल प्लेटफर्मको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले दागाची केवल एउटा एप नभई भाषा र संस्कृतिको दूरी घटाउने ग्लोबल कम्युनिकेसन प्लेटफर्म भएको उल्लेख गर्नुभयो । यो केवल औपचारिक कार्यक्रम होइन, नेपाल र कोरियाले सँगै उज्ज्वल भविष्य निर्माण गर्ने नयाँ सुरुवात हो, उहाँले भन्नुभयो। साथै नेपाललाई फेरि आउन मन लाग्ने देश का रूपमा विश्वसामु चिनाउन दागाचीले सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपालका लागि दागाची प्रतिनिधि माधव सापकोटाले नेपाली व्यवसायलाई लोकलबाट ग्लोबल बनाउने लक्ष्यसहित प्लेटफर्म अघि बढिरहेको जानकारी दिनुभयो। उहाँले पर्यटन, होमस्टे, शिक्षा परामर्श, मानवस्रोत तथा स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न दागाची प्रभावकारी माध्यम बन्ने बताउनुभयो।
सापकोटाले कार्यक्रममा सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै दागाचीमा ख्भचषष्भम एचयाष्भि प्रणाली भएकाले व्यवसायप्रति विश्वास बढ्ने, विदेशी ग्राहकसँग प्रत्यक्ष सम्पर्क सहज हुने तथा एआईमा आधारित बहुभाषिक सेवाले भाषागत समस्या समाधान गर्ने जानकारी दिनुभयो।
उहाँले कोरियन विश्वविद्यालय, छात्रवृत्ति, रोजगार अवसर तथा अन्तर्राष्ट्रिय नेटवर्क विस्तारमा दागाची उपयोगी बन्ने उल्लेख गर्दै नेपाल र दक्षिण कोरियाबीच दीर्घकालीन सहकार्यका लागि सबै क्षेत्रको सहभागिता आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा कोरियन एशोसियसन इन नेपाल, इपिएस सम्बन्धित प्रतिनिधि, विभिन्न व्यवसायी, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।















