काठमाडौँ । विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले नेकपा माओवादी सहित एकता लागि वार्ता टोली गठन गरेको छ । भदौ २३ देखि २५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्य वार्ता समिति गठन गरेको हो ।
एकता वार्ता टोली सदस्यहरूमा स्थायी समिति सदस्यद्वय अनिल शर्मा र कर्णजित बुढाथोकी रहेका छन् । माओवादीले पनि साउन १९ गते नेपाल कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस्





















































