धादिङ – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङका दुईवटै निर्वाचन क्षेत्रमा फरक–फरक दलका उम्मेदवारले अग्रता लिएका छन्।
धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङ अग्रस्थानमा रहेकी छन्। जारी मतगणनामा उनले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सुरुआती अग्रता बनाएकी हुन्।
यस्तै धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार भण्डारी अग्रस्थानमा रहेका छन्। पछिल्लो मतगणनाअनुसार उनले आफ्ना प्रतिस्पर्धीभन्दा अगाडि रहँदै बढत कायम गरेका छन्।
धादिङका दुवै क्षेत्रमा मतगणना कार्य जारी रहेको छ। आगामी गणनासँगै अन्तिम परिणामको चित्र स्पष्ट हुँदै जाने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस्






















































