सदस्यता विस्तार र नवीकरण केन्द्रित एमालेको राष्ट्रिय कार्यशाला आजदेखि

काठमाडौंनेकपा एमाले केन्द्रीय संगठन विभागको आयोजनामा ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशाला आजदेखि काठमाडौंमा सुरु हुँदैछ।

काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुने कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओली ले बिहान ११ बजे गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्य ले जानकारी दिएका छन्।

फागुन २१ को निर्वाचनपछि अध्यक्ष ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका हुन्। पार्टीको सांगठनिक सुदृढीकरण, सदस्यता विस्तार र संगठनलाई थप गतिशील बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको एमालेले जनाएको छ।

कार्यशालामा सबै प्रदेश तथा जिल्ला इन्चार्जहरू, भारत प्रवासका प्रतिनिधिहरू, प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी तथा कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू, साथै विभिन्न जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहनेछ।

दुई दिने कार्यशालामा पार्टी सदस्यता विस्तार, नवीकरण प्रक्रिया, संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे सघन छलफल र अभिमुखीकरण गरिने एमालेले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.